मोरङ, ४ जेठ । पथरी सनिश्चरे नगरपालिका २ स्थित ना.५ ख ३०२६ नम्बरको ट्रक र को.९ प ५८८३ नम्बरको मोटरसाइकल ठोक्किएको छ ।
शनिबार बिहान एक आपसमा ठक्कर खाँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक लेटाङ ९ जाते बस्ने २६ वर्षीय राधे जोगीको विराट नर्सिङहोम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार पथरी सनिश्चरे नगरपालिका ७ मंगलबारे बस्ने ३३ वर्षीय उमेश जोगीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटना भएका स्थानमा तत्काल स्थानीय प्रहरी टोली खटिई गई उद्धार कार्य एवम् थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया