पर्सा, २९ मंसिर । ट्र्याक्टरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा बहुदरामाई नगरपालिका –५ का ५५ वर्षीय धवन हजरा दुसाध रहेको छ ।
नगरपालिकाको डोकैलाबाट शिबर्वातर्फ जाँदै गरेको ना १ त २७०७ नं को ट्र्याक्टरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
ट्र्याक्टर र त्यसका चालक बहुदरामाइ नगरपालिका–६ का इजहार मियालाई नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया