धनगढी, २३ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय महेन्द्रनगरको टोलीले एक लाख ६० हजार रुपियाँ घुससहित सामुदायिक वनका पदाधिकारीलाई पक्राउ गरेका छ ।
अख्तियार टोलीले धनगढी उपमहानगरपालिका –१२ जुगेडास्थित सिद्धनाथ सामुदायिक वनका अध्यक्ष कुबेर थापा र कोषाध्यक्ष मोहनबहादुर सिंहलाई सोमबार पक्राउ गरेको जनाएको छ ।
सामुदायिक वनले समातेको ट्याक्टर छुटाइदिने भन्दै उनीहरुले घुस लिएको बेला सामुदायिक वनको कार्यालयबाटै पक्राउ परेको अख्तियारका सूचना अधिकारी टोपबहादुर विष्टले जानकारी दिए ।
तपाईको प्रतिक्रिया