नगद ठगी गरेको अभियोगमा पक्राउ

समाचार

5/20/2019

मोरङ, ६ जेठ । नगद ठगी गरेको अभियोगमा ग्रामथान–६ बनिगाउँ बस्ने ३० वर्षीया मिना चौधरी र आशु कुमारी चौधरी पक्राउ परेका छन् ।

मिना र आशु कुमारी समेत ३ जनाले बेलबारी–९ डागा बजार बस्ने ३५ वर्षीय धनु खवास लगायत २० जनालाई भेला जम्मा गरी आफूहरु आर.एन बैंक विराटनगरबाट आएको र बिना धितो तत्काल २ लाख ऋण दिन्छौ भनि उनीहरुको नागरिताको फोटोकपी र नगद ५ हजारका दरले १ लाख ६ हजार रुपैयाँ उठाएर लिएका थिए ।

उनीहरुले ठगी गरेको बुझिन आएकोले पीडितहरुले नै दुबै जनालाई फेला पारी कानुनी कारवाही गरी ठगी भएको रकम अशुल उपर गरी दिनहुन भनी अस्थाई प्रहरी चौकी डाँगा बजारमा बुझाएका हुन् ।

ठगीमा संलग्न फरार १ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ