२०१८–१९ मा भारत नेपालको ठूलो व्यापारिक साझेदार

समाचार

12/31/2019

काठमाडौं, १५ पुस । सन् २०१८–१९ को वार्षिक व्यापारका आधारमा भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारको आफ्नो पूर्ववत् स्थान कायम राखेको छ । सो अवधिमा सबैभन्दा धेरै पर्यटक आउने स्रोत मुलुक र मुख्य विकास साझेदार पनि दक्षिणी छिमेकी भारत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

त्यस्तै, उत्तरी छिमेकी चीन नेपालमा सबैभन्दा धेरै प्रत्यक्ष विदेशी लगानी (एफडीआई) ल्याउने मुलुकको रुपमा उसको स्थान विगत वर्षजस्तै कायम राखेको छ । चीन नेपालको दोश्रो ठूलो व्यापारिक साझेदार र नेपालमा सबैभन्दा धेरै पर्यटक आउने देशको सूचीमा चीन दोश्रो स्थानमा रहेको छ ।

सो प्रतिवेदनअनुसार नेपालमा सबैभन्दा धेरै लगानी गर्ने प्रमुख पाँच राष्ट्रमा चीन, भारत, अमेरिका, जापान र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् ।
त्यस्तै, द्विपक्षीय विकासतर्फ शीर्ष पाँच साझेदारहरुमा भारत, चीन, बेलायत, जापान र अमेरिकी सहयोग नियोग यूएसएड रहेका छन् । बहुपक्षीय शीर्ष पाँच विकास विश्व बैंक समुह, एशिलयाली विकास बैंक, राष्ट्र संघ, युरोपियन युनियन (इयू), र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आइफ्याड) रहेका छन् । 

शीर्ष पाँच आयात साझेदार मुलुकमा भारत, चीन, यूएई, फ्रान्स र इण्डोनेसिया रहेका छन् भने शीर्ष पाँच निर्यात साझेदार मुलुकमा भारत, अमेरिका, जर्मनी, टर्की र बेलायत छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ