महोत्तरी, ५ मंसिर । सोनमा गाउँपालिका–३ खखना गाउँमा डकैती गरेको अभियोगमा प्रहरीले सोमबार तीन जनालाई पक्राउ गरेको छ ।
आइतबार राति १२ देखि १४ जनाको समूहमा आएका डाकाले खखना गाउँका ललिन यादवसहित तीन जनाको घरमा रु सात लाख बराबरको धनमाल लुटपाट गर्नुका साथै पाँच जनालाई धारिलो हतियार प्रयोग गरी घाइते बनाएका थिए ।
प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार तीनै जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको छ ।
अनुसन्धानपछि उनीहरूको नाम सार्वजनिक गरिने उनले बताए । प्रहरीले फरार अन्य डाकाको खोजी गरिरहेको छ ।
तपाईको प्रतिक्रिया