कपिलवस्तु, ८ मंसिर । मायादेवी गाउंपालिकाले सहयोगमा गाउंपालिकाको वडा नं. ७ वसन्तपुरमा डीप ट्युवेल वोरिंग जडान कार्य सम्पन्न भएको छ ।
डीप वोरिंग संचालनको उद्घाटन गर्दै प्रदेश सभा सदस्य एवं प्रदेश नं. ५ का संघीय समाजवादी फोरमका संसदीय दलका नेता सहसराम यादवले बोरिगंले यस क्षेत्रका कृषकहरुलाई राहत पुग्ने बताएका छन् ।
प्रदेश सरकार पनि सिचाँईका लागि योजनाहरु तयार गरिरहेको उनले बताए । प्रदेश सदस्य यादवले पोखरी मर्मत, बाँध निर्माण तथा बोरिगंको योजनाहरु प्रदेश सरकारले ल्याएको बताएका छन् ।
बोरिगं संचालनमा आए सगैं त्यहाँका किसानहरुमा खुशी भएका छन् । ६ इन्च पानी दिने सो बोरिगंको प्रकृया २०६५ सालदेखि नै चलेको डिप ट्यूवेल संचालन समिति मायादेवी ७ बसन्तपुरका अध्यक्ष दिनदयाल चौधरीले बताएका छन् ।
संचालनमा आएका बोरिगंले त्यस क्षेत्रका करिब १५ सय विघा सिचाँई गर्न सकिने अनुमान गरेको चौधरीले बताएका छन् । अहिले सम्म पानीको अभावमा गेहुको विउ समेत राख्न सकेको छैनौँ ।
अब सिचाँई गरेर गेहुको विउ छर्ने चौधरीले बताए । बोरिगंको पाईप तथा अन्य काम अझै बाँकी रहेको छ । शुरुमा भूमि सिंचाई परियोजना दांङ्गको आर्थिक तथा प्राविधिक सहयोगमा जडान सुरु भएको बोरिगं तलको सम्पुर्ण कार्य पुरा गर्यो ।
अहिले बाँकी रहेको कामको लागि भूमि सिंचाई परियोजना संग रहेको बजेट कटेर प्रदेश सरकारको मताहतमा दिईसकेकोले अरु काम अन्योल रहेको उनले बताए ।
तपाईको प्रतिक्रिया