काठमाडौं, २९ माघ । जडीबुटीजन्य वस्तु उत्पादन तथा निर्यात गर्ने उद्योग डाबर नेपाल प्राइभेट लिमिटेडलाई नेपाल सरकारले सबैभन्दा ठूलो निर्यातकर्ता उद्योगको रूपमा सम्मान गरेको छ ।
सरकारको तर्फबाट डाबर नेपाललाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) को सम्मान गरिएको हो । उद्योग, व्यापार र निर्यातका क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको भन्दै डाबर नेपालसहित २५ उद्योगी र व्यवसायी पनि सम्मानित भए ।
भारततर्फ १२ अर्ब ७० करोड ६७ लाख मूल्यबराबरको जडीबुटीजन्य उत्पादन निर्यात गरेको भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले डाबर नेपाललाई सम्मान गरेको हो ।
प्रधानमन्त्री केपी ओलीले कम्पनीका बिजनेस प्रमुख हरिकिरतसिंह वेदीलाई उक्त सम्मान प्रदान गरेका थिए । उद्योग र व्यवसायको क्षेत्रमा राज्यबाट प्रदान गरिने यो पुरस्कार सबैभन्दा ठूलो हो ।
तपाईको प्रतिक्रिया