काठमाडौं, ३० जेठ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउत अष्ट्रियाको राजधानी भियना पुगेका छन् ।
गत सोमबार डा.राउत अष्ट्रियातर्फ प्रस्थान गरेका थिए । विभिन्न अन्तक्र्रिया कार्यक्रमहरूमा सहभागी हुन डा.राउत युरोपियन मुलुकहरूमा गएको जनमत पार्टीका केन्द्रीय सदस्य चन्दन सिंहले मधेशवाणीलाई जानकारी दिएका छन् ।
भियनास्थित दक्षिण एसिया, तिब्बत तथा बुद्धिष्टसम्बन्धी पढाइ हुने भियना विश्वविद्यालयको अन्तक्र्रिया तथा एक प्रशिक्षण कार्यक्रम सम्बोधन गरेका छन् ।
उनले प्रधानमन्त्री केपी ओलीको ‘समृद्ध नेपाल र सुखी नेपाली’ बारे पनि आफ्नो धारणा राखेका थिए । डा.राउतको बारेमा अष्ट्रियामा बस्ने नेपालीहरूले उठाएको सवालहरूको पनि जवाफ दिएका थिए ।
आफू मूलधारमा किन आएको र आफूले उठाएको मुद्दा कहाँ गयो भन्ने सन्दर्भमा समेत प्रष्ट पारेको उनी निकट स्रोतले जनाएको छन् ।
अक्सफोर्डमा सम्बोधन गर्ने
प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतको सोमबार सम्बोधन गरेको अक्सफोर्ड युनिभर्सिटीमा डा.राउतले पनि सम्बोधन गर्ने भएका छन् ।
युरोपेली मुलुकहरू भ्रमणको क्रममा बेलायतको अक्सफोर्ड युनिभर्सिटीमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए ।
यसैगरी, डा.राउतले पनि सोही युनिभर्सिटीमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । डा.राउतले जुन १९ अर्थात् असार ५ गते अक्सफोर्ड युनिभर्सिटीमा आयोजना हुने एक कार्यक्रममा सम्बोधन गर्नेछन् ।
डा.राउतले गर्ने सम्बोधनबारे राष्ट्रिय तथा अन्तर्राष्टिय जगत निकै चासोका साथ हेरिरहेका छन् ।
तपाईको प्रतिक्रिया