डा. केसीको सत्याग्रहप्रति शान्ति समाजको ऐक्यवद्धता

समाचार

1/15/2019

काठमाडौं, १ माघ । मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा क्षेत्रमा सुधारको मागसहित इलाममा १६औँ पटक अनसनरत सत्याग्रही प्रा. डा.गोविन्द केसीलाई २०७५ माघ १ गते इलाममा भेटी उहाँको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गर्दै डा. केसीले थालेको सत्याग्रहप्रति ऐक्यवद्धता प्रकट गरेको छ ।

यसै सन्दर्भमा डा. केसीसँग सरकारले विगतमा गरेका सहमतिहरु शिघ्र कार्यान्वयन गर्न आग्रह गर्दै समाजका तर्फबाट प्रधानमन्त्री के.पी.शर्मा ओलीलाई लेखिएको पत्र प्रधानमन्त्री कार्यालयमा पठाइएको छ भने शान्ति समाजको प्रतिनिधिमण्डलले इलामका प्रमुख जिल्ला अधिकारीलाई पनि उक्त पत्र हस्तान्तरण गरेको छ ।

शान्ति समाज केन्द्रीय कार्यसमितिका उपसभापति विष्णुप्रसाद चापागाईको नेतृत्वमा डा. गोविन्द केसीलाई भेट्ने १२ सदस्यीय प्रतिनिधिमण्डलमा शान्ति समाज अनुशासन समितिका संयोजक डिकप्रसाद घिमिरे, केन्द्रीय सदस्य विकास थापा, सुनसरी शाखा पुर्व सभापति सन्तोष रौनियार, झापा शाखा सभापति महेन्द्र विलास लुइटेल, झापा शाखा पूर्व सभापतिहरु पुष्पराज पौडेल, टिकेन्द्र खनाल, ज्ञानेन्द्र निरौला लगायत सम्मिलित थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ