डा. भीमराव अम्बेडकरको सम्झना

समाचार

4/20/2019

काठमाडौं, ६ बैशाख । डा. भीमराव अम्बेडकरको १२८ औं जयन्ती बिहीबार नेपालमा पनि मनाइएको छ । व्यवासायिक विकास तथा अनुसन्धान केन्द्र (पीडीआरसी) र नेपाल दलित साहित्य अकादमीको संयुक्त आयोजनामा काठमाडौंमा अम्बेडकरबारे विमर्श भएको छ ।

कार्यक्रममा पीडीआरसीका अध्यक्ष कमला हेमचुुरीले अम्बेडकर दक्षिण एसियामा दलित समुदायमाथि भएको अत्याचारको विरोधमा आवाज उठाउने एक मात्र व्यक्ति भएको बताइन् ।

अकादमीका अध्यक्ष ठाकुर चन्द्र गहतराजले सिंगो दक्षिण एसियाले अम्बेडकरको अनुशरण गरी दलित आन्दोलनलाई अगाडि बढाउनुपर्ने उल्लेख गरे ।

राजनीतिक विश्लेषक राजेन्द्र महर्जनले डा. अम्बेडकरको विचारलाई गौतम बुद्ध र कार्लमाक्सको विचारसँग जोडेर विश्लेषण गरे ।

डा. भीमराव अम्बेडकर भारतका संविधान निर्माता तथा दलित अधिकारकर्मी हुन् । उनी जीवनपर्यन्त नै दलितहरुको अधिकारको लागि लडेका थिए । जातीय बिभेदको उन्मुलनमा उनको योगदानलाई कदर गर्दै भारत मात्र नभई विश्वभर उनको सम्मान गरिन्छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ