ढकालद्वारा भारतका नवनिर्वाचित सभामुख बिरलालाई बधाई

समाचार

6/25/2019

दिल्ली, १० असार । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले भारतीय संसद (लोक सभा) का नवनिर्वाचित सभामुख ओम बिरलालाई बधाई ज्ञापन गरेका छन् ।

भारतीय संसद भवनस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा पूर्वमन्त्री ढकालले दुई मित्र राष्ट्रका विधायकहरुबीच आपसी हितका लागि हुनसक्ने सहकार्य तथा आदान प्रदानबारे कुरा गरेको उनको सचिवालयले जनाएको छ ।

अध्यक्ष ढकालले विश्व सांसदहरुको मंच “इन्टरनेशनल अशोशियशन अफ पार्लियामेन्टरियन फर पिस“ (आइएपिपि) मा भारतीय सांसदहरुको सहभागिताका लागि प्रस्ताब गरेको र सभामुख बिरलाले शान्ति, लोकतन्त्र र मानब कल्याणका लागि स्थापित हरेक अन्तर्राष्ट्रिय मंचहरुमा भारतीय संसद्को सक्रिय सहभागिता रहने बताएको भेटमा सहभागी ढकालका सहयोगी कृष्ण अधिकारीले जानकारी दिए ।

ढकाल आइएपिपि एशिया प्रशान्त क्षेत्रको अध्यक्ष पनि हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ