दाङ, ३ मंसिर । राप्ती नदीमा साढे तीन किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण गर्न थालिएको छ ।
लमही–गढवा सडकखण्डमा पर्ने पुलदेखि उत्तरतर्फ दुई किलोमिटर र दक्षिणतर्फ डेढ किलोमिटर क्षेत्रमा तटबन्धको काम शुरु भएको हो ।
रु ११ करोड ३८ लाख ६९ हजार ९३९ मा दक्षिणतर्फ सूर्य वाइवा कन्सट्रक्सनले निर्माणको जिम्मा पाएको छ ।
त्यस्तै रु १४ करोड ९१ लाख सात हजार ७८ मा उत्तरतर्फ गौरी पार्वती कोशी एण्ड न्यौपाने सञ्जीवनी जेभीले निर्माणको जिम्मा पाएको छ । दुवैतर्फ तटबन्ध भएमा त्यस क्षेत्रको चार सय बिघा जमीन उकास हुनेछ ।
तपाईको प्रतिक्रिया