रुपन्देही, २८ पुस । रुपन्देही सैनामैना नगरपालिका–४ स्थित मुर्गियामा शनिबार तीनदिने ‘खिचडी महोत्सव’ सुरु भएको छ ।
सो कार्यक्रममा प्रदेश नं ५ का उपसभामुख कृष्णी चौधरीले थारु समुदायको संस्कार र संस्कृतिलाई पर्यटन र उद्योगसँग जोड्न आवश्यक भएको बताएकी छन् ।
उपसभामुख चौधरीले थारु समुदायको संस्कार र संस्कृति मौलिक भएको उल्लेख गर्दै थारु समुदायको संस्कारको जर्गेना गर्नुपर्ने आवश्यकमाथि जोड दिइन् ।
उक्त महोत्सवमा थारु संस्कृतिसँग सम्बन्धित झुमरा नाच, डबवा नाच, लठ्ठी नाच प्रदर्शन हुनुका साथै विभिन्न थारु परिकारको उपभोग गरिएको थियो ।
तपाईको प्रतिक्रिया