पेन्ट उद्योगमा आगलागी हुँदा तीन करोडको क्षति

समाचार

5/2/2019

वीरगन्ज, १९ वैशाख । वीरगञ्ज–११ श्रीपुरमा सञ्चालित पेन्ट उद्योग र गोदाममा मंगलबार साँझ भीषण आगलागी भएको थियो ।

पौने ६ बजेतिर लागेको आगो नियन्त्रणमा लिन वीरगञ्ज महानगरपालिका २, पोखरिया, कलैया, जीतपुर सिमरा, सिमरा विमानस्थल, अमलेखगञ्ज स्थित आयल निगम डिपो, हेटौंडा, निजगढ, चन्द्रपुर, हरिवन, रक्सौल लगायतका स्थानबाट आएका दर्जन दमकल प्रयोग भएको थियो ।

अग्नि नियन्त्रक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी मिलेर राति साढे ११ बजेतिर मात्रै नियन्त्रणमा आएको थियो । आदर्शनगरका अजय साहले सञ्चालन गरेको लक्ष्मी दिप इन्टरप्राइजेज र लक्ष्मी पेन्ट एन्ड केमिकल इन्डष्ट्रिज प्रालीमा आगलागी हुँदा ३ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । विद्युत सर्ट भएर आगलागी भएको अनुमान छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ