तीन जना मृत फेला

समाचार

1/1/2019

काठमाडौं, १६ पुस । सुनसरी, कपिलवस्तु र रुपन्देहीमा ३ जना मृत अवस्थामा फेला परेका छन् ।

सुनसरीको दुहबी नगरपालिका–११ तनबुनास्थित नहरमा डुबेर सोही नगरपालिका–१० सिमरिया बस्ने ३६ वर्षीय बल्लु ऋषिदेव सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

यस्तै, कपिलवस्तु बाणगंगा नगरपालिका–४डेरा गरी बस्ने अर्घाखाँची पाडेनी गाउँपालिका–८ घर भएको ४२ वर्षीय केशव सुनार आफ्नै कोठामा सुतिरहेको अवस्थामा आइतबार राति मृत फेला परेका छन् ।

यसैगरी, रुपन्देही देवदह नगरपालिका–३ टटेरा स्थित सडकको किनारमा सोही नगरपालिका–८ बस्ने ३५ वर्षीय पुरन मुसहर सोमबार बिहान मृतअवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ