तीन नेपाली बालकको उद्धार

समाचार

2/15/2020

कपिलवस्तु, ३ फागुन । भारतको गोरखपुरमा दुई वर्षदेखि अलपत्र रहेका तीन नेपाली बालकहरुको उद्धार गरिएको छ । शान्ति पुनस्थापन गृहले भारतीय दुतावास र नेपाल प्रहरीको सहयोगमा उद्धार गरेको हो ।

दाङ्गको घोराही उप–महानगरपालिकाका १० वर्षीय रामु पुन, प्यूठान ऐरावति गाउँपालिकाका १२ वर्षका दिलिप जिसि र १४ वर्षका केशव जिसिलाई भारतबाट उद्धार गरिएको हो । 

दुई वर्ष अघि वेपत्ता भएका बालकहरु कृष्णनगर नाका हुँदै भारत प्रवेश गरेको सुचनाको आधारमा गोरखपुरमा फेला परिएको थियो । दिलिप र केशव साथीहरुको लहलहैमा लागेर भारतको एक होटलमा काम गरेको अवस्थामा फेला पारिएको केन्द्रका क्षेत्रीय संयोजक भूमीराज भट्टराईले बताए । तिनै जनालाई कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले परिवारको जिम्मा लगाएका छन् । 

पछिल्लो समयमा साथिहरुको लहलहै, तीव्र महत्वकांक्षा र प्रलोभनमा परि बालबालिकाहरु भारत जानेको सख्या बढेकोले बालबालिकालाई विशेष ध्यान दिन प्रजिअ पौडेलले आग्रह गरे । 

बालबालिकाहरु हराउने क्रम बढ्दो रहेकोले विदेशमा भएका बालबालिकाहरु नेपाल ल्याउने प्रक्रिया झन्ंझटिलो भएको हुँदा पनि बालबालिकको उद्धारमा समस्या रहेको केन्द्रका क्षेत्रीय संयोजक भट्टराइले बताए ।

उनले बाल संरक्षणसम्वन्धी कानुनी र नीतिगत व्यवस्था भएपनि नेपालमा अझै बाल संरक्षणको समस्या रहेको जनाए । संस्थाले एक वर्षको अवधिमा १३ जना बालबालिकाहरुलाई भारतबाट उद्धार गरी परिवारको जिम्मा लगाएको संस्थाका जिल्ला संयोजक निशा पन्थीले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ