काठमाडौं, १२ माघ । भारतको सर्वोच्च नागरिक पुरस्कारमध्ये एक पद्मश्री पुरस्कारले यसवर्ष तीनजना नेपाली भाषी सम्मानित भएका छन् ।
भारतको ७१ औं गणतन्त्र दिवसको अवसरमा यो पुरस्कारबाट यस वर्ष असम निवासी लेखक लीलबहादुर छेत्री, सिक्किम निवासी आर्चर तरुणदीप राई र उत्तर प्रदेश निवासी जितु राई सम्मानित भएका हुन ।
उनीहरूलाई राष्ट्रपतिका हातबाट यो सर्वोच्च पुरस्कारले सम्मानित गरिनेछ ।
लेखक लीलबहादुर छेत्री भारत र नेपाल दुवै क्षेत्रका लेखक–पाठकहरूका लागि सम्मानित नाउँ हुन् । त्यसैगरी जितु राई र तरुणदीप राई ओलम्पियन खेलाड़ी हुन् । जितु राई भारतीय सेनामा कार्यरत छन् ।
तपाईको प्रतिक्रिया