तीन महिलाले एकसाथ सगरमाथा आरोहण गर्ने

समाचार

4/16/2019

काठमाडौं, ३ बैशाख । ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सघाउ पु¥याउने उद्देश्यका साथ तीन महिलाले सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने भएका छन् ।

नेपालकी कान्छीमाया तामाङ, भारतकी कल्पना दास र चीनकी लियामू मालाई सोमबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले नेपालको झण्डा र नेपाल भ्रमण वर्ष २०२० को लोगो हस्तान्तरण गरे ।

कान्छीमाया तामाङले सगरमाथाको सफल आरोहण गरी तामाङ समूदायकै पहिलो सगरमाथा आरोहीको कीर्तिमान बनाइसकेकी छन् भने भारतकी कल्पना दासले ६ हजार मिटर उचाईका हिमालहरुको सफल आरोहण गरिसकेकी छन् । चीनकी माले पनि यसअघि सगरमाथाको सफल आरोहण गरिसकेकी छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ