काठमाडौं, ९ जेठ । नेपाल भारत र चीनका तीन महिला आरोहीले सफल सगरमाथा आरोहण गरेका छन् ।
सन् २०२० मा २० लाख पर्यटक भित्रयाउने लक्ष्यसहित नेपाल सरकारद्वारा आयोजित नेपाल पर्यटन भ्रमण वर्ष २०२० को प्रवद्र्धनार्थ नेपाल, भारत र चीनका ३ महिला आरोही सगरमाथाको चुचुरोमा पुगेका हुन् ।
विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका चीनका मा लियामु, नेपालका कान्छी माया तामाङ्ग र भारतका कल्पना दासले प्रधानमन्त्री के.पी. ओली शर्माले हस्ताक्षर गरेको नेपाल पर्यटन भ्रमण वर्ष २०२० अङ्कित झण्डा सगरमाथाको शिखरबाट फहराएका हुन् ।
तपाईको प्रतिक्रिया