तरुण दल भैरहवाद्वारा न्यानो माया प्रदान

समाचार

2/17/2019

भैरहवा, ४ फागुन । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल सिद्धार्थनगर समितिले नगरका विपन्न वर्गलाई सिरक र डसना वितरण गरेको छ ।

तरुण दलद्वारा न्यानो माया प्रदान कार्यक्रम नाम दिएर नगरका सबै वडामा रहेका ६६ परिवारलाई सिरक र डसना वितरण गरिएको कार्यक्रम संयोजक कोशिश खडकाले जानकारी दिए ।

न्यानो माया प्रदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेसका जिल्ला सभापति अब्दुल रज्जाकले नेपाली कांग्रेस सधै बिपि कोईरालाको समाजवादको बाटोमा हिड्ने बताए । उनले बिपिले सधै बिपन्न वर्गको सहयोगको लागी आव्हान गरेकै बाटोमा कांग्रेस हिंडेको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ