बुटवल, ७ कार्तिक । पश्चिम नेपाल बस व्यवसायी प्रालिले रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई काठमाडौंसँग जोड्ने उद्देश्यले पहिलोपटक मणिग्राम–काठमाडौँ एसी (वातानुकूलित) बस सेवा शुरू गरेको छ ।
तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलनका क्रममा यातायात क्षेत्रलाई पनि समृद्धिको आधार ठानेको र यस क्षेत्रका यात्रुहरूले बुटवल तथा भैरहवाबाट टिकट काटेर यात्रा गर्दा असहज हुने अवस्था देखिँदै आएकाले मणिग्राम–काठमाडौं एसी बससेवा सञ्चालन गरिएको पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले जानकारी दिए ।
बसमा फ्रि वाइफाई, खाजा, पानीलगायतको समेत व्यवस्था छ । अब हरेक दिन काठमाडौंका लागि मणिग्रामबाट साँझ ७ बजे र काठमाडौंबाट मणिग्रामका लागि राति ८ बजे बस छुट्ने छ ।
मणिग्रामबाट काठमाडौंको भाडा प्रतियात्रु रु. १ हजार तोकिएको छ । बसमा तीनजना सुत्न मिल्ने गरी शिलिपर सिटको समेत व्यवस्था छ । उक्त सिटको भाडा प्रतियात्रु १५ सय तोकिएको छ ।
तपाईको प्रतिक्रिया