कैलाली, २६ बैशाख । कैलालीको टीकापुर अस्पतालमा कार्यरत चिकित्सक कामका समयमा आफ्नो कार्यकक्षामा नभई निजी क्लिनिकमा भेटिने गरेका छन् ।
क्लिनिक नभएका चिकित्सककलाई पनि निजी क्लिनिकमै बिरामी जाँच गर्न भ्याइनभ्याई हुने गरेको छ । त्यतिमात्र नभई अस्पतालमा बिरामी जाँच गर्दागर्दै पनि क्लिनिकबाट फोन आउनेबित्तिकै चिकित्सक निजी क्लिनिकमा जाँचका लागि जाने गरेको बिरामीको गुनासो छ ।
अस्पतालमा बिरामी जाँच गर्दागर्दाै चिकित्सकहरु त्यताका बिरामीलाई अर्काे पटक जाँच गर्न आउँदा क्लिनिकमै बोलाउँछन् । चिकित्सकले क्लिनिकमा जाँच गरेको पुर्जी शुल्क पाँच सयसम्म असुल्ने गरेका छन् । पुर्जी शुल्क सँगसँगै नानाभाँतीका औषधि पनि थम्याउने गरेको बिरामीले बताउने गरेका छन् ।
तपाईको प्रतिक्रिया