तस्करलाई नियन्त्रणमा लिन प्रहरीद्वारा हवाई फायर, एक पक्राउ

समाचार

2/9/2020

रौतहट, २६ माघ । तस्करलाई नियन्त्रणमा लिनका लागि प्रहरीले हवाई फायर गरेको छ । तस्कर पक्राउ परेपछि  उनको बयानको आधारमा ठूलो परिमाणमा केराउ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गौर र प्रदेश २ को संयुक्त टोलीले तस्करीको माध्यमबाट भारततर्फ लैजान लागिएको ७० बोरा केराउ बरामद गरेको र तस्करीमा संलग्न एक जनालाई नियन्त्रणमा लिइएको रौतहट प्रहरी प्रमुख एसपी रवीराज खडकाले बताए । 

प्रहरीको गस्ती टोलीलाई देखेर तस्करहरु भारततर्फ भाग्न लागेका थिए । सो क्रममा प्रहरी टोलीले चार राउण्ड हवाई फायर गरेर तस्करलाई नियन्त्रणमा लिने प्रयास गरे पनि तस्कर समूहमा रहेका भारत, बिहार राज्यको पूर्वी चम्पारण कुण्डवा चैनपुर घरभएका १८ वर्षीय सचिन गोसाइँलाई पक्राउ गरिएको र अन्य तस्कर भाग्न सफल भएको एसपी खडकाले बताए । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ