काठमाडौं, २७ फागुन । नेपालस्थित भारतीय राजदुतावास र भारतीय संस्कृति मन्त्रालयको आयोजनामा राजधानीमा महात्मा गान्धीको जीवनीलाई प्रस्तुत गरिएको फोटो प्रदर्शनी ‘फोटो एक्जिबिसन अन गान्धीजी’ सुरु भएको छ ।
राजधानीको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको प्रदर्शनीमा राखिएका गान्धीका तस्बिरहरू नयाँदिल्लीस्थित गान्धी स्मृति दर्शन समितिले संकलन गरेको हो ।
प्रदर्शनीमा गान्धीको बाल्यकालदेखि विभिन्न तस्बिरहरू राखिएका छन् । प्रदर्शनी मार्च १३सम्म चल्नेछ ।
तपाईको प्रतिक्रिया