भारतमा लोकसभा निर्वाचन अन्तर्गत तेस्रो चरणको मतदान जारी

समाचार

4/23/2019

काठमाडौं, १० वैशाख । भारतमा जारी लोकसभा निर्वाचन अन्तर्गत आज तेस्रो चरणको मतदान भइरहेको छ । तेस्रो चरणको मतदानमा भारतका केही शीर्ष नेताहरुको भाग्यको फैसला पनि हुँदैछ ।

आजको मतदानमा भारतीय जनता पार्टी भाजपाका अध्यक्ष अमित शाह र भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीको भविष्यको फैसला हुनेछ । भाजपा अध्यक्ष शाह गुजरातको गान्धीनगरबाट चुनाव लडिरहनु भएको छ भने कांग्रेस अध्यक्ष गान्धी केरलको वायनाड क्षेत्रबाट चुनावी मैदानमा रहनु भएको छ ।

आज १५ राज्यका ११७ सिटमा मतदान भइरहेको छ । जसअन्तर्गत गुजरातका २६, केरलका २०, कर्नाटकका १४, महाराष्ट्रका १४, गोवाका २, असमका ४, बिहारका ५, ओडिशाका ६, उत्तर प्रदेशका १०, छत्तीसगढका ७, पश्चिम बंगालका ५ र विभिन्न तीन प्रदेशका ११ निर्वाचन क्षेत्रमा मतदान भइरहेको छ ।
यसैबीच
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मताधिकार प्रयोग गरेका छन् । लोकसभा निर्वाचनअन्तर्गत उनले गान्धीनगर लोकसभा सिटअन्तर्गत रानिप मतदानकेन्द्रबाट मतदान गरे । मतदान गर्नुअघि उनले गान्धीनगरस्थित निवास पुगेर आमा हीराबेनको चरणस्पर्श गरेका थिए ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ