काठमाडौं, १६ पुस । प्रधानसेनापति पूर्णचन्द्र थापाले ईटहरीस्थित श्री पूर्वी पृतना हे.क्वा., धनुषास्थित मध्यपूर्वी पृतना हे.क्वा., र सिरहाको चौहर्वास्थित श्री नं.२७ बाहिनी अड्डाको निरीक्षण भ्रमण गरेका छन् ।
निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त पृतना हे.क्वा.हरु तथा वाहिनी अड्डाको स्थलगत बस्तुस्थिती, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गरेका थिए ।
तपाईको प्रतिक्रिया