थरुहट मोर्चा संयोजक लक्ष्मण थारु अस्पताल भर्ना

समाचार

2/18/2020

धनगढी, ६ फागुन । फागुन १ गते देखि आमरण अनसनमा बसेका थारुवार थरुहट राष्ट्रिय मुक्ति मोर्चाका संयोजक लक्ष्मण थारुको स्वास्थ्यमा समस्या आएपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।

नेता थारुलाई सेती प्रादेशिक अस्पतालको भिआइपी क्याविनमा राखिएको अस्पतालले जनाएको छ। अनशनरत थारुको स्वास्थ्यमा गम्भीर समस्या आएपछि अस्पताल ल्याईएको मोर्चाका कैलाली संयोजक माधब थारुले बताए । 

सेती प्रादेशीक अस्पतालका इर्मेजेन्सी बिभाग प्रमुख डाक्टर जगदिश जोशीले लक्ष्मण थारु शारिरीक रुपमा निकै कमजोरी रहेको र अन्य अबस्था भने सामान्य रहेको बताए।

रेशम चौधरी सहित ११ जनालाई रिहाइको माग गर्दै थारुहटले धनगढीमा अनशन संग संगै मोर्चाले बिरोध ¥याली, कोण सभा चक्काजाम लगायतका कार्यक्रमहरु पनि गरिरहेको छ । 

यसै क्रममा सोमबार धनगढीको क्याम्पस चोकबाट बिरोर्ध याली निकाली एलएन चोकमा कोण सभा गरेका छन् । कोण सभामा थारुनेताहरुले आफ्नो आन्दोलन र मागका बारेमा सरकारले वेवास्ता गरेको बताएका थिए । 

सांसद चौधरी सहित ११ जना रिहाइ लगायत १४ बुँदे मागसहित थरुहट थारुवान मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारु कैलालीको क्याम्पस रोडमा आमरण अनसन बसेको ५ दिन भइसक्दा पनि सरकारको ध्यान जान नसक्नु दुःखदायी भएको थारु नेताहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ