थारु बाजा र ढकिया बुन्ने तालिम सम्पन्न

समाचार

12/23/2019

कपिलवस्तु, ८ पुस । सिप, कला संस्कृतिलाई व्यवसायीकरण गर्दै आर्थिक अयआर्जनको पेशा संग जोडेर अगाडी वढ्न आवश्यक रहेको प्रदेश सांसद विष्णु पन्थिले बताए ।

बाणगंगा–८ ढोडेकोलमा २ गतेबाट सुरु भएको थारु समुदायको परम्परागत सिप विकास (थारु बाजा र ढकिया बुन्ने तालिम) को समापन कार्यक्रममा बोल्दै उनले यस्तो भनेका हुन् ।

थारू समुदाय भित्र रहेको मौलिक कला संस्कृतिहरु लोप हुने संघरमा पुगेको बताउदै थारु समुदाय क्रियाशिल भएर आफ्नो भाषा, संस्कृति र पहिचान जोगाउन लाग्नुपर्ने बताए । वर्षौदेखि प्रयोग र जिवीकोपार्जन गर्दै आएका परम्परागत लोक कला संस्कृति, सीपहरु नयाँ पुस्तामा सीप हस्तान्तरण गर्नुपर्ने सांसद पन्थिको भनाई रहेको छ ।

उनले यस किसिमको कार्यक्रमले नगरमा कोसे ढुङगा सावित हुने बताउँदै अब थारु भाषा, संस्कृति संरक्षण र प्रवद्र्धन गर्न संस्कृतिलाई व्यवासयीकरण गर्दै अगाडी वढ्न आवश्यक रहेको धरणा राखे ।

त्यस्तै वाणगंगा नगरपालिकाका उप्र–प्रमुख चक्रपाणि अर्यालले हरेक जातजाति आफ्नो भाषा, संस्कृति संरक्षणको समान गर्न आवश्यक रहेको बताएका छन् । भौतिक पुर्वधार संगै सम्पूर्ण भाषालाई संरक्षण गर्न नगर सम्बेदनशिल भएको बताउँदै उनले सिपलाई व्यवसायिककरण गदै लौजाने हो भने आर्थिक पाटोमा टेवा पुग्ने धरणा व्यक्त गरे ।

त्यस्तै उनले नगरमा अब थारु संग्रहलय बनाउने योजना रहेको बताए । उनले थारु समुदायको भाषा संस्कृति संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले बाणगंगा नगरपालिका वडा नं. ८ मा थारु संग्रह निर्माण गर्ने जनकारी दिए ।

थारु संग्रह निर्माणको लागी बाणगंगा नगरपालिकाको विभिन्न ठाउँमा स्थानहरुको अवलोकन तथा सर्वेक्षण भैरहेको जनकारी दिदै अब छिट्टै थारु संग्रह निर्माण गर्ने जनकारी समेत गराए ।

कार्यक्रममा बाणगंगा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष गुणानिधि भुषालले थारु समुदायको परम्परागत सिपमुलक संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने गर्दै व्यवसायीकरण गर्दै लैजान आवश्यक रहेको बताए । उनले तालिममा सिकेका सिपहरुलाई व्यवहारमा लागु गर्न आवश्यक रहेको बताए ।

कार्यक्रम थारु संस्कृति संरक्षण तथा प्रवद्र्धन सभा बाणगंगा नगरपालिका –८ कपिलबस्तुका अध्यक्ष नाथुराम थारुको अध्यक्षता, सभाका कोषाध्यक्ष सिमा थारुको स्वागत तथा सचिव रामवहादुर चौधरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

बाणगंगा –८ को अयोजना रहेको तालिममा ढकियाको मिना थारु, तुल्सी कुमारी थारु र मादलको रामवली थारुले प्रशिक्षण दिनुहुने भएको थियो । तालिममा ४६ जनाको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ