दाइजोप्रथा विरुद्धको १० दिने अभियान

समाचार

12/17/2018

वीरगन्ज, १ पुस । दाइजो प्रथा विरुद्धको १० दिने अभियान ईस्लामी संघ नेपाल, प्रदेश नं.२ पर्साद्धारा विरोध रैली निकाली विरगंज महानरगपालिको परिक्रमा पछि घण्टाघर पुगी सम्पन्न भएको थियो ।

तराईतिर प्राय जसो हरेक समुदायमा दाईजो लिने र दिने प्रथा रहेकोले यस प्रथालाई अन्त्य गर्नको लागी मुस्लिम समुदायद्धारा विरगंजमा विरोध प्रदर्शन गरिएको छ ।

ईस्लामी संघ नेपाल, प्रदेश नं.२ पर्साका अध्यक्ष मुस्तफा अन्सारीको अध्यक्षतामा मुस्लिमहरु को मदर्सा र विद्यालयमा पढ्ने छात्रछात्राहरु विरोध गर्दै सडकमा ओड्लिएका थिए ।

यस अभियानलाई सार्थक बनाउन को लागी टोल समाज र घरदैलो कार्यक्रम गर्ने अध्यक्ष अन्सारीले बताए ।

बिना दाईजो मुस्लिम समुदायहरुले पनि पर्सामा आ–आफनो छोरा छोरीहरुलाई पनि बिहे गर्ने र गराउने प्रतिबद्धता गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ