कपिलवस्तु, १४ मंसिर । गजेहडाकी एक युवती भारतमा मृतावस्थामा भेटिएपछि नेपालमा रहेका माइती पक्षले परिवारले हत्या गरेको बताएका छन् ।
बाणगङ्गा नगरपालिका–४ की २१ वर्षीय खेमकला सुनार भारतको हरियाना हिसार भन्ने ठाउँमा मृत फेला परेसँग उनका माइती पक्षले हत्या गरिएको दाबी गरेका हुन् ।
डेढ वर्षअगाडि भारतको हरियानास्थित हिसार भन्ने ठाउँमा विवाह भएको खेमकला सुनारको १२ गते बुधबार आफ्नै घरमा झुण्डिएको अवस्थामा शव फेला परेको थियो ।
शव फेला परेसँगै माइते पक्षले परिवारबाट मानसिक, शारीरिक यातना दिई हत्या गरेर झुण्ड्याइएको हुनसक्ने पत्रकारसँग कराकानी गदै बताए ।
मृतक सुनारका श्रीमान् भारतीय सैनिकमा कार्यरत रहेका छन् । दाइजो नल्याएको निहुँमा पटकपटक मानसिक यातना दिँदै आएको आरोप माइती पक्षको रहेको छ ।
मृतक सुनारको हत्या वा आत्महत्या भन्ने केही खुल्न सकेको छैन् । आफ्नो बहिनीको दाइजोकै नाममा हत्या भएकाले हत्यारालाई कारवाही गर्नुपर्ने मृतककी दिदी दीपा बिकले बताइन् । सुनारको १० महीनाको बच्चा रहेकोे छ ।
तपाईको प्रतिक्रिया