दाइजो प्रथाविरुद्धको देशव्यापी अभियान सम्पन्न

समाचार

12/26/2018

नेपालगञ्ज, १० पुस । १० दिने दाइजो प्रथा विरुद्धको देशव्यापी अभियान मंगलबार नेपालगन्जमा सम्पन्न भएको छ ।

इस्लामी संघ नेपालले पुस १ गतेदेखि देशब्यापी रुपमा १० दिने दाइजो प्रथा विरुद्धको अभियान थालेको थियो ।

इस्लामी संघले १० दिने महिला हिंसा विरुद्धको अभियानलाई सरोकारवाला निकायसंग अन्तरक्रिया कार्यक्रम गरि समापन गरिएको छ ।

दाइजो लिनु र दिनु कार्य गलत हो भन्दै यसको रोकाथामका लागि सवै एकरुप भएर लाग्न जरुरी रहेको सहभागिहरुले बताएका छन् ।

दाइजो प्रथा रोक्न आफ्नो सोच परिवर्तन गर्नुपर्ने सहभागिहरुको जोड थियो । दाइजो प्रथा रोक्नका लागि १० दिन मात्रा होइना ३६५ दिन नै अभियान चाल्नुपर्ने सरोकारवालाहरुको भनाई थियो ।

‘आफ्नो छोरा छेरीको विवाह गर्दा दाइजोको लेनदेन नगरि दाइजो विरुद्धको अभियानमा सहिभागि बनौं, समाजमा रहेको आफ्नो प्रतिष्ठालाई प्रयोग गरौं, नातोदारहरुलाई दाइजोको लेनदेन विनै विवाह गर्न दवाव दिऔं, समाजका प्रतिष्ठित धार्मिक र सामाजिक व्यक्तिहरुलाई गोलवद्ध गरि दाइजो विरुद्ध एकजुट गरौं, विवाह सम्बन्धि इस्लामी तरिका विशेष गरि नविको आदेश र सहाबाहरुको जिवन शैलीलाई आम मानिसहरु सामु प्रचारप्रसार गरौ’ भन्ने मुल आधार बनाई इस्लामीक संघले अभियान थालेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ