कैलाली, २६ असार । भजनी नगरपालिका ५ पगियापसार बस्ने सहदेव बुढाको ६ वर्षीय छोरा सुसान्त बुढा र सोही ठाउँ बस्ने शेर बहादुर बुढाको ६ वर्षीय छोरा हनि बुढाको पानीमा डुबेर मंगलबार साँझ मृत्यु भएको छ ।
घरबाट खेल्न निस्केका उनीहरु बेलुकासम्म घरमा नआएकाले खोजी गर्ने क्रममा सोही ठाउँस्थित सडकको छेउको नालीमा जमेको पानीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेका हुन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया