धनुषा, १९ वैशाख । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट नगराईनबाट खटिएको एपीएफ टोलीले धनुषा जिल्लाको नगराईन नगरपालिका २ जटहीबाट विभिन्न किसिमको लागूऔषधसहित बैशाख १७ गते दुई जनालाई पक्राउ गरेको छ ।
महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका १३ बिजलपुरा वस्ने १९ वर्षिय मनि महरा र रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका ७ बनबहुअरी वस्ने १८ वर्षिय नविन चौधरीलाई नाईट्रोभेट १५ वटा र नाईट्रोसन १० वटासहित एपीएफ टोलीले पक्राउ गरेको हो ।
जटहीबाट जनकपुरतर्फ जाँदै गरेको ना. ४० प २२१७ नम्बरको मोटरसाइकलमा सवारी उनीहरुलाई शंका लागि जाँच गर्दा उल्लेखित लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
तपाईको प्रतिक्रिया