काठामाडौं, २९ पुस । बाँके र मोरङमा २ जना मृत अवस्थामा फेला परेका छन् ।
बाँके राप्तीसोनारी गाउँपालिका–२ हरिहरपुर बस्ने ५६ वर्षीय रामशरण चौधरी मुगुवा खोलाको किनारमा आइतबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
सोही ठाउँस्थित लाली गुराँस सामुदायिक बनमा गोठालो गएकोमा साँझ सम्म घर फर्की नआएपछि खोजी गर्ने क्रममा उनी मृत अवस्थामा फेला परेका हुन् ।
मोरङ पथरी शनिश्चरे नगरपालिका–२ बस्ने ५५ वर्षीया राममाया मगर सुतिरहेको अवस्थामा आइतबार बिहान मृत फेला परेकी छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया