माघे संक्रान्तिमा दुई दिन बिदा

समाचार

1/8/2020

रुपन्देही, २३ पुस । प्रदेश ५ सरकारले माघेसङ्क्रान्ति पर्वको अवसरमा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

प्रदेश मन्त्रिपरिषद्को बैठकले माघेसङ्क्रान्तिका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा मन्त्री वैजनाथ चौधरीले जानकारी दिए ।

मगर तथा थारु समुदायको बाहुल्य रहेको प्रदेश ५ मा उनीहरुले मान्ने चाड माघीको अवसरमा आगामी १ र २ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । माघेसङ्क्रान्तिका अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा यही पुस २९ गते मुख्यमन्त्री निवासमा शुभकामना आदान–प्रदान तथा चियापानको व्यवस्था गरिएको प्रवक्ता चौधरीले जानकारी दिए ।

बैठकले मन्त्री ‘प्रदेश पदक नियमावली २०७६’ स्वीकृत गर्नुका साथै प्रदेश चलचित्र निर्माण, प्रदर्शन तथा वितरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा सम्बन्धमा तयार गरिएको अवधारणा–पत्रलाई स्वीकृत गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ