दुई मोटरसाइकल जुध्दा एकको मृत्यु

समाचार

6/10/2019

मोरङ, २६ जेठ । मोरङमा दुई मोटरसाइकल एक आपसमा जुध्दा एकको मृत्यु भएको छ ।

कटहरी गाउँपालिका ७ भौडाहास्थित सडकमा को.३६ प ३७३० नम्बरको मोटरसाइकल र को.२९ प ८३८० नम्बरको मोटरसाइकल शनिबार साँझ एकआपसमा ठोक्किएको थियो ।

घाइते भएका को.३६ प ३७३० नम्बरको मोटरसाइकल चालक बुढीगंगा गाउँपालिका ५ का १९ वर्षीय निरज सरदारको उपचारका लागि कोशी अस्पताल बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

को.२९ प ८३८० नम्बरको मोटरसाइकलका चालक सोही गाउँपालिका ५ का २३ वर्षीय शम्भु सरदार फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ । दुबै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ