दुई मोटरसाइकल र एक स्कूटर एकआपसमा ठोक्किँदा दुईको मृत्यु

समाचार

2/1/2020

रुपन्देही, १८ माघ । सैनामैना नगरपलिका–८ रामापुरस्थित सडकमा दुई मोटरसाइकल र एउटा स्कूटर एकआपसमा ठोक्किएको छ ।

लु.३५ प ५०१९ नम्बरको मोटरसाइकल, लु.४२ प ७०९६ नम्बरको मोटरसाइकल र लु.२४ प ७४७२ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका लु.४२ प ७०९६ नम्बरको मोटरसाइकलमा सवार सैनामैना नगरपालिका–७ बस्ने २० वर्षीय सुदिप चौधरी र सोही ठाउँ बस्ने २० वर्षीय नविन चौधरीको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । तीन वटै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ