दुई लाख २० हजारको पटाका बरामद

समाचार

10/22/2019

मोरङ, ४ कार्तिक । रंगेली नगरपालिका–४ बेतौनाबाट करिब २ लाख २० हजार रुपैयाँ बराबरको ५२ बण्डल नागिन पटाका सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।

भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीलाई देख्नासाथ उक्त पटाका छाडेर मानिस फरार भए पश्चात प्रहरीले बरामद गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ