दाङमा आगलागीमा परी एक वृद्धाको मृत्यु

समाचार

4/16/2019

दाङ, ३ बैशाख । दाङमा आगलागीमा परी एक वृद्धाको जलेर मृत्यु भएको छ ।

राप्ती गाउँपालिका–७ छोड्के सिसहनिया बस्ने ८० वर्षीया जिउरखन चौधरीको फुसको छानो भएको घरमा सोमबार साँझ आगलागी हुँदा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

लामखुट्टे भगाउन बालेको धुपबाट आगो सल्किन गई आगलागी हुँदा सुतिरहेका चौधरीको जली घटनास्थलमै मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ