दाङमा स्कूटी दुर्घटनामा एकको मृत्यु

समाचार

4/2/2019

दाङ, १९ चैत । दाङमा स्कूटी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

घोराही उपमहानगरपालिका–१४ स्थित सडकमा रा.४ प ३८२२ नम्बरको स्कुटर आफै अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना भएको थियो ।

दुर्घटनामा स्कूटी चालक सोही स्थान बस्ने ३८ वर्षीय प्रकाश आचार्यको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ