दुतियाको हत्यारालाई कारवाहीको माग गर्दै प्रदर्शन

समाचार

2/17/2019

धनुषा, ५ फागुन । धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरकी ९ वर्षीया बालिका दुतिया रसाइलीको हत्यारालाई कारबाहीको माग गर्दै महिला अधिकारकर्मीले प्रदर्शन गरेका छन् ।

शनिवार महिला सञ्जाल ढल्केवर र ओरेक नेपाल धनुषाले पूर्व– पश्चिम राजमार्ग अन्तर्गत धनुषाको ढल्केवर बजारमा नाराजुलुस गर्दै ¥याली निकालेर प्रदर्शन गरेका छन् । ¥यालीमा मिथिला नगरपालिकाकी उपमेयर तारा लामा बस्नेतसमेत सहभागी थिइन् ।

छिमेकमा विवाहको उत्सवमा बुधबार ढिलासम्म नाच्दैं गरेकी बालिका दुतियाको शव जलेको अवस्थामा बिहीबार बिहान गाउ“लेले फेला पारेका थिए ।

‘दुतियालाई कसैले अपहरणपछि उखुबारीमा लगेर बलात्कार गर्यो । बालिकाले कुरा खोलिदिने डरले कुटेर हत्या गरिदियो बालिकाका काका देवराज रसाइलीले भने ‘प्रमाण नष्ट गर्न पापीहरुले उनको शव पनि जलाईदियो ’।

यता, मिथिला नगरपालिकाका उपमेयर तारा लामा बस्नेतले दोषीलाई तुरुन्त पक्राउ गर्न माग गरिन् । उनले शनिवार पीडित परिवारसंग भेटघाट समेत गरेकी छन् ।

यस्तै, ओरेक नेपालकी बिना कडारी र महिला सञ्जालकी प्रतिनिधि कल्पना कडारीलगायत विभिन्न संघसंस्थाका अधिकारकर्मी महिलाहरूले मृतक बालिकाको आफन्तलाई भेटेर अपराधीलाई यथाशीघ्र्र पक्राउ गरी कडा कारबाहीका लागि प्रहरी– प्रशासनसमक्ष दबाब सिजर्ना गर्ने बताएकी छिन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ