जनकपुरधाम, २६ चैत । जनकपुरधामबाट दिनदहाडै एक युवक सम्पर्कविहीन अथवा अपहरणमा परेका छन् । सोमबार रामानन्द चौक जनकपुरधामबाट साँझ ५ बजे एक जना युवा अपहरणमा परेका छन् ।
मोहोत्तरी जिल्लाको एक्डारा गाउपालिक ४ बस्ने अन्दाजी २२ वर्षका सिकिन्दर यादव अपहरणमा परेका छन् ।
सोमबार जलेश्वरबाट काठमाडौंका लागि सावित्री डिलक्स बस नम्बर नं. ५ ख १८०८ मा टिकट लिई यात्रा गरेका यादव जनकपुरधामबाटै अपहरणमा परेको पारिवारिक स्रोतले जनाएका छन् ।
पीडित पारिवारजनले पत्रकार, समाजसेवी, सुरक्षा निकाय तथा सरोकारवाला निकायहरुलाई उद्धारका लागि आग्रह गरेका छन् ।
अपहरणमा परेको आशंका गर्दै परिवारजनले सिकिन्दरको अवस्था पत्ता लगाइदिन आग्रह गरेका हुन् ।
तपाईको प्रतिक्रिया