सुनौलो हजार दिन कार्यक्रम आयोजना

समाचार

1/8/2020

वीरगन्ज, २४ पुस । वीरगन्ज महानगरपालिकाद्धारा वडा नम्बर २२ मा सुनौलो १००० दिन कार्यक्रमको आयोजना गरिएको छ । वीरगन्ज महानगरपालिका बहुक्षेत्रीय पोषण योजना कार्यक्रम अन्तर्गत सुनौलो १००० दिनका ५३ जना महिलाहरुलाई १५० थान मेवाको बेर्ना वितरण गर्दै पोषण तत्वको आवश्यकता बारे तालिम प्रदान गरिएको छ ।

बुधबार विहान वडा नम्बर २२ को मनियारीमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि महानगरपालिका नगर प्रमुख विजय कुमार सरावगीले बच्चाहरुको बौद्धिक विकासको लागी पोषण तत्वमा ध्यान पुर्याउन सहभागीहरुलाई अनुरोध गरे ।

उनले गर्भदेखि बच्चा जन्मेको २२ बर्षसम्ममा मुख्य विकास हुने भएकोले गर्भवती महिला र जन्मेको बच्चाहरुको पोषणतत्वमा ध्यान पुर्याउन आवश्यक भएको बताएका छन् ।

वडा अध्यक्ष ग्यासुदिन मियाँको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उर्मीला श्रेष्ठ र ओमप्रकाश रामले मेवाको बेर्ना रोप्ने तरिका र त्यसको जातीय बिशेषताको बारेमा जानकारी गराएका थिए । मनियारी जगर्नाथपुरमा रहेका सम्पुर्ण गर्भवती महिलालाई चाहिने पोषण तत्वको आवश्कतालाई ख्याल गर्दै सबैलाई उनन्त खालका फलफुल दिने र आँगनमा समेत लगाउन सक्ने मेवाको बिरुवा सबैलाई प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा स्वास्थ्य महाशाखाका प्रमुख अरुण महतो , खानेपानी शाखा प्रमुख सुनिल श्रीवास्तव लगायत कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन महाशाखाका कर्मचारीको उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ