मोरङ, ४ फागुन । कानेपोखरी गाउँपालिका–६ रमाईलो बजारस्थित सडकमा को.२७ प ८६७४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
शुक्रबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक सोही गाउँपालिका(४ बस्ने ३२ वर्षीय रबिन गहतराजको घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया