मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

समाचार

2/15/2020

कैलाली, ३ फागुन । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी – २ का पदमनिधि पण्डित रहेका छन् ।

अत्तरियाबाट गोदावरी तर्फ जाँदै गरेको से.७ प. ४०७९ नम्बर को मोटरसाइकल अनियन्त्रित भई गोदावरी नगरपालिका–२ तेघरीमा शुक्रबार राति दुर्घटना हुँदा उनी घाइते भएका थिए ।

घाइते पण्डितको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।उक्त दुर्घटनामा धनगढी उपमहानगरपालिका–३ का कमल जोशी गम्भीर घाइते छन् ।

उनलाई थप उपचारका लागि भारतको हल्द्वानी रेफर गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ