मोरङ, १४ असोज । बिराटनगर महानगरपालिका–४ स्थित सडकमा रोकी राखेको ना. ५ ख ५८८६ नम्बरको ट्रकमा ८.प ७२१५ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक पथरी शनिश्चरे नगरपालिका(९ बस्ने २४ बर्षीय रोषन शेर्पा र मोटरसाइकलमा सवार बिराटनगर महानगरपालिका-४ बस्ने १९ बर्षीय अनिश राजबंशीलाई उपचारको लागि नोवेल अस्पताल बिराटनगर लगिएकोमा दुबैजनाको उपचारको क्रममा मृत्यु भएको हो ।
फरार ट्रक चालकको प्रहरीले खोजतलास गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया