बाँके, १७ कार्तिक । कोहलपुर नगरपालिका–११ साझा चोकमा कोहलपुरबाट नेपालगंजतर्फ जाँदै गरेको बा.६ च ८२९९ नम्बरको स्कारपियो गाडीले भे.८ प २४६६ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक बर्दिया ठाकुरबाबा नगरपालिका–८ बस्ने ५५ वर्षीय ईन्द्रप्रसाद भट्टराई र मोटरसाइकलमा सवार ५० वर्षीय काशीचन्द्र न्यौपानेको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया