दुर्घटनामा युवकको मृत्यु

समाचार

12/4/2018

पर्सा, १८ मंसिर । वीरगञ्ज–पोखरिया सडकखण्डको गर्दौलमा मंगलबार मोटरसाइकल र जिप एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।

वीरगञ्जबाट पोखरियातर्फ जाँदै गरेको ना१ज ३८२४ नं को म्याजिक जिपले विपरीत दिसाबाट आउँदै गरेको ना१२प ५३९७ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार पोखरिया नगरपालिका–९ बैरियाविर्ताका २४ वर्षीय मुखिया विणको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा मृत्यु भएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए । जिप चालक फरार छन् । उनको खोजी भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ