राम नारायण पण्डित, सिरहा, २६ माघ । दुर्घटना न्युनीकरण गर्न अस्थायी ट्राफिक प्रहरी पोष्ट मिर्चैयाले सार्वजनिक सवारी चालकको आँखा जाँच गरेको छ ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बढ्दो सवारी दुर्घटना न्युनीकरणका लागि सार्वजनिक सवारी चालकहरुको निःशुल्क आँखा र ब्लडप्रेसर जाँच गरिएको अस्थायी ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका इन्चार्ज प्रहरी नायब निरीक्षक बिकु नारायण कासिछावाले जानकारी दिएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानको निर्देशन अनुसार सगरमाथा चौधरी आँखा अस्पताल लहान र प्राथमिक स्वास्थ्य केन्द्र मिर्चैयाका स्वास्थ्यकर्मीहरुको सहयोगमा ६० जना चालकलाई गरेको परिक्षणमा ७ जना चालकको ब्लडप्रेसर बढेको र ४ जनाको ब्लडप्रेसर कम रहेको पाईएको बताए ।
जाँचमा चालकहरुको आँखाको अवस्था समान्य देखिएको ईन्चार्ज कासिछावाले बताए ।
उक्त क्रममा करीब २ सय जना चालकलाई दुर्घटना न्युनीकरण सम्बन्धी पर्चा समेत वितरण गरिएको थियो ।
तपाईको प्रतिक्रिया